अन्तर्राष्ट्रिय

थाइल्याण्डका प्रधानमन्त्री अदालतद्वारा बर्खास्त

Banner

एजेन्सी,साउन ३१-

थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाभिसिनलाई अदालतले बर्खास्त गरेको छ । संविधान उल्लंघन गर्दै एक जना वकिललाई मन्त्री बनाएकोमा उनलाई दोषी ठहर गर्दै अदालतले प्रधानमन्त्री पदबाट बर्दास्त हो । अदालतको यस्तो निर्णयले थाइल्यान्डमा अब राजनीतिक अस्थिरता निम्त्याउने आशंका उठेको छ ।

गत वर्षको चुनावमा सबैभन्दा धेरै सिट जितेर देशको लोकप्रिय पार्टी बनेको मुभ फरवार्ड पार्टीलाई विघटन गर्दै उक्त पार्टीका नेताहरुलाई १० वर्षका लागि राजनीति गर्न प्रतिबन्ध लगाएको बैंककस्थित संवैधानिक अदालतले केही हप्तापछि प्रधानमन्त्रीविरुद्ध यस्तो फैसला सुनाएको हो ।

घरजग्गा व्यवसायमा राम्रो प्रभाव जमाएर राजनीतिमा प्रवेश गरेका श्रेथाले पदमा रहँदा कतिपय कानुन मिचेर निर्णय गरेका थिए । संवैधानिक अदालतका ९ न्यायाधीशमध्ये चार न्यायाधीशलले श्रेथाको बर्खास्तीमा सहमति जनाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>