अन्तर्राष्ट्रिय

बंगलादेशमा धमाधम पक्राउ पर्दै पूर्वमन्त्री, हसिनाका सल्लाहकारपनि प्रहरी हिरासतमा

Banner

काठमाडौं,साउन ३१-

बंगलादेशका पूर्वकानुनमन्त्री तथा पूर्वप्रधानमन्त्री शेख हसिनाका सल्लाहकारलाई १० दिनको हिरासतमा पठाइएको छ । बंगलादेशका पूर्वकानुनमन्त्री अनिसुल हक तथा हसिनाका सल्लाहकार सलमान एफ रहमानलाई १० दिन प्रहरी हिरासतमा पठाइएको हो ।

उनीहरू दुवै जनालाई ढाकास्थित न्यु मार्केट एरियामा एक जना व्यापारीको हत्या अभियोगमा बुधबार चिफ मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो । त्यहाँबाट उनीहरूलाई १० दिनका लागि प्रहरी हिरासतमा पठाउने आदेश दिएको हो ।

प्रहरीले उनीहरूमाथि अनुसन्धानका लागि १० दिनको समय मागेको थियो । अदालतले प्रहरीको मागअनुसार उनीहरूलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको हो । १६ जुलाईमा ती व्यापारीको हत्या भएको थियो । उनकी आमाले यसको अभियोग दर्ता गराएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>