अन्तर्राष्ट्रिय
माइली साइरस बनिन् डिस्नीको सबैभन्दा कान्छी ‘लिजेन्ड’
०

क्यालिफोर्निया, साउन २९-
गायिका तथा अभिनेत्री माइली साइरस डिस्नीको ‘लिजेन्ड’ उपाधि प्राप्त गर्ने सबैभन्दा कान्छी कलाकार बनेकी छन् ।
उनी सन् २००६ देखि प्रसारित डिस्नीको शृङ्खला ‘हाना मोन्टाना’ बाट चर्चित बनेकी थिइन् । त्यति बेला उनको उमेर मात्र १३ वर्षको थियो ।
डी२३ फ्यान कन्भेन्सनमा भावुक बनेकी माइलीले आफू हाना मोन्टाना बनेकोमा सधैँ गर्व लाग्ने बताइन् । ३१ वर्षीया कलाकारलाई कार्यक्रममा उपस्थित १२ हजार फ्यानले उठेर ताली बजाउँदै सम्मान व्यक्त गरेका थिए ।
उनले हालै मात्र ‘फ्लावर्स’ का लागि पहिलो ग्रामी अवार्ड जितेकी थिइन् । उक्त गीतलाई सन् २०२३ को वर्षको उत्कृष्ट रेकर्ड चुनिएको थियो ।
माइलीसँगै स्टार वार्स र इन्डियाना जोन्सका अभिनेता ह्यारिसन फोर्ड र ओस्कार विजेता जेमी ली कर्टिसलाई पनि डिस्नी लिजेन्डको उपाधिबाट सम्मानित गरिएको थियो । बीबीसी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























