अन्तर्राष्ट्रिय

गाजामा युद्धविराम वार्ता बाइडेनको योजनाअनुसार सुचारु हुनुपर्छ स् हमास

Banner

रफाह साउन २८-

प्यालेष्टिनी सशस्त्र समूह हमासले गाजामा युद्ध बिरामसम्बन्धी वार्ता सुचारु हुने भए बाइडेनको पुरानो योजनाअनुसार हुनुपर्ने बताएको छ । अमेरिका समेतका मध्यस्तकर्ता देशले दुवै पक्षलाई युद्धविराम गर्न दबाब दिइरहँदा हमासले नयाँ चरणको छलफलका आधारमा नभएर अघिल्लो योजनाको आधारमा वार्ता सुचारु हुनुपर्ने बताएको हो ।

गएको हप्ता कतार, इजिप्ट र अमेरिकाले इजरायल र हमासलाई अगष्ट १५ मा युद्धविराम र बन्दीहरूलाई रिहा गर्नेसम्बन्धी वार्तामा बस्न अनुरोध गरेका थिए । यस विषयमा इजरायलले सो बैठकमा सहभागी हुन वार्ताकारहरूको एउटा टोली पठाउने बताएको थियो । मध्यस्तकर्ताहरूले दबाब दिएपछि हमासले विज्ञप्ति जारी गर्दै मे महिनामा बाइडेनले पेस गरेको भिजनका आधारमा वार्ता अगाडि बढाउन माग गरेको छ ।

विज्ञप्तिमा वार्ता जहाँ पुगेर रोकिएको थियो त्यहीँबाट सुरु गर्न भनिएको छ । केही अघि इजरायलले विस्थापित प्यालेष्टिनीहरू उत्तरी गाजामा फर्किए भने उनीहरूको स्क्रिनिङ हुनुपर्ने र इजिप्टको सीमामा रहेको फिलाडेल्फी करिडोरको नियन्त्रणमाथि प्रश्न उठाइनुपर्ने शर्त वार्तामा थपेको थियो ।

हमासले यी शर्त थप्नु अघिको शर्तहरूमा मात्रै वार्ता सुचारु गर्न खोजेको छ । हालैका दिनहरूमा गाजामा इजरायलले गरेको एकपछि अर्को आक्रमण र हमासका शीर्ष नेता इस्माली हानिया र हेजबोल्लाहका वरिष्ठ कमान्डरको निधनले मध्य पूर्वमा तनाव भड्काउने जोखिम बढेको छ । त्यसैले अमेरिका लगायत देशहरूले यो क्षेत्रमा सकेसम्म छिटै युद्धविराम गराउन चाहिरहेका छन् । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>