अन्तर्राष्ट्रिय
अष्ट्रेलियामा होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना, पाइलटको मृत्यु
०

काठमाडौं,साउन २८-
अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । हेलिकप्टरमा पाइलटमात्र सवार थिए । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हेलिकप्टर दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिएको थियो । होटलका ८० र ७० वर्षका दुई जना पाहुनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था सामान्य छ ।
प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























