अन्तर्राष्ट्रिय

अमेरिकामा भवनमा ठोक्किएर मर्छन् हरेक वर्ष एक अर्बभन्दा धेरै चरा: अध्ययन

Banner

अमेरिका, साउन २७-

अमेरिकामा भवनमा ठोक्किएका कारण हरेक वर्ष एक अर्बभन्दा धेरै चरा मर्ने गरेका एक अध्ययनले देखाएको छ । कतिपय चरा भवनमा ठोक्किनासाथ मर्ने गरेका र बेहोस भएका तथा घाइते भएकामध्ये पनि धेरैजसो मर्ने गरेका अध्ययन प्रतिवेदनलाई उल्लेख गर्दै वाशिङ्गटन पोस्टले जनाएको छ ।

अमेरिकामा जङ्गली चराको लागि प्रमुख खतरामध्ये भवनमा ठोक्किनु एक रहेको छ । यही हप्ता प्लोस वन जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार अन्वेषकले भवनमा ठोक्किएका चरालाई वन्यजन्तु पुनर्वास केन्द्रमा लगेका थिए ।

सन् २०१६ र सन् २०२१ को बीचमा भएका घटना अध्ययन गर्ने अन्वेषकले भवनमा ठोक्किएर घाइते भएका एक सय ५२ प्रजातिका तीन हजार एक सयभन्दा बढी चरालाई पुनर्वास केन्द्रमा लगेकामा ६० प्रतिशतभन्दा बढी मरेका प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा अनुसन्धानकर्ताले कीराको अत्यधिक फैलावट नियन्त्रण गर्नेदेखि बीउ फैलाउन मद्दत गर्ने चराको सुरक्षाका लागि भवन चरामैत्री हुनुपर्ने उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>