स्वास्थ्य

अन्तरङ्गसहित विविध सेवा विस्तार गर्दै गेटा अस्पताल

Banner

अत्तरिया (कैलाली), साउन २४-

गोदावरी नगरपालिका–५ गेटास्थित गेटा अस्पतालले अन्तरङ्गसहित विविध सेवा विस्तारको तयारी प्रायः पूरा गरेको छ । गत वर्षदेखि वरिरङ्ग सेवा सुरु गरेको सो अस्पतालले चालु आर्थिक आगामी भदौदेखि विविध सेवा विस्तारको तयारी गरेको हो ।

अस्पतालले सुदूरपश्चिममै पहिलो पटक ‘मेमोग्राफी’ सेवा सुरु गर्न लागेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिनुभयो ।

“मेमोग्राफी सेवाका लागि आइसकेको छ । जडान पनि भइसकेको छ । भदौको पहिलो साताभित्र सेवा सञ्चालन गर्ने लक्ष्य छ”,उहाँले भन्नुभयो । स्तन क्यान्सर निक्र्यौल गर्न यो यन्त्र प्रयोग गरिन्छ । यो सेवा सुदूरपश्चिममा अन्त कुनै ठाउँमा छैन । ”

आगामी महिनादेखि अस्पतालले बिरामीलाई अस्पतालमा नै राखेर उपचार गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–“अब इन्डोर सेवा पनि सञ्चालन गर्नेछौँ ५० शय्याको स्वीकृति पाएका छौँ।”

भदौ पहिलो सातादेखि २४ सैँ घण्टा आकस्मिक तथा सामान्य शल्यक्रिया सेवा पनि प्रवाह गरिने अस्पतालका निर्देशक डा विप्लव सापकोटाले जानकारी दिनुभयो । कार्डियोग्राफी सेवा पनि सञ्चालन हुने उहाँले बताउनुभयो । अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी गरी ६५ जना सेवारत छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>