चितवन विशेष
कक्षा १२ को पहिलो ब्याचमै भरतपुरको ग्लोरियस एकेडेमीको उत्कृष्ट नतिजा

भरतपुर,साउन २२-
चितवनको भरतपुरस्थित ग्लोरियोस एकेडेमीले कक्षा १२ को पहिलो ब्याचमै उत्कृष्ट नतिजा हाँसिल गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्धारा सञ्चालित कक्षा १२ को परीक्षामा पहिलोपटक सहभागि भएको ग्लोरियस एकेडेमीका पहिलो ब्याचका नीतेश पाण्डे म्यानेजमेन्टतर्फ ३.८६ जिपिए सहित चितवन जिल्लामा दोस्रो स्थान हासिल गर्न सफल भएका हुन । २०६६ सालमा भरतपुर महानगरपालिका ४ लंकुमा स्थापना भएको ग्लोरियस एकेडेमी पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको छ । यहाँ कक्षा ११ र १२ मा म्यानेजमेन्टतर्फ कम्युटर साइन्स र होटल म्यानेजमेन्ट अध्यापन गरिन्छ । यहाँ आइटीका कक्षाहरु अमेरिकाको धुनी सफ्टवयरबाट निःशुल्क रुपमा संचालन गरिन्छ ।
सैद्धान्तिकसंगै प्रयोगात्मक कक्षालाई जोड दिँदै आएको ग्लोरियोसले बिद्यार्थीको क्षमता विकास र खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई समेत जोड दिँदै आएको छ । सुविधासम्पन्न भवन,उत्कृष्ट सभाहल, प्रशोधित सुद्ध पिउने पानी,सुन्दर सुइमिङ पुल, इलाइब्रेरी, सुविधासम्पन्न ल्याब,बास्केटबल कोट,फुटबल,भलिबल खेल्ने मैदान आदिको स्तरिय संयोजन रहेका कारण यस स्कुललाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले उत्कृष्ट शैक्षिक संस्थाको रुपमा सुचिकृत गरेको छ । यसबर्ष पनि नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा धमाधम भर्ना भइरहेको ग्लोरियोसले जनाएको छ ।

























