घटना -दुर्घटना

दाङमा करेन्ट लागेर एकजनाको मृत्यु

Banner

दाङ, साउन १९-

दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहागनरपालिका– ११ प्रिगाउँका ५० वर्षीय बालाराम वलीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।

आफ्नो बारीमा मोरटबाट पानी सिंचाई गर्नका लागि मोटरको स्वीच अन गर्ने क्रममा तार सर्ट भइ दिउँसो १:२० बजेतिर वलीलाई करेन्ट लागेको थियो।

उनको मृत्यु १स्३५ बजेतिर भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>