घटना -दुर्घटना
बझाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु
०

धनगढी, साउन २०-
बझाङमा बुंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
बुंङ्गल नगरपालिका-१ की भिरगडाकी ३५ वर्षिया चन्नादेवी बोहरा घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
बझाङका डिएसपी भरत शाहका अनुसार शनिबार बिहान १० बजे पारिमेला भीरमा घाँस काट्ने क्रममा चन्नादेवी भीरबाट लडेकी थिइन्।
उपचारका लागि अस्पताल लैजादै क्रममा बाटोमा उनको मृत्यु भएको डिएसपी शाहले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























