Breaking News
कक्षा १२ नतिजाः सबैभन्दा धेरै बागमती र सबैभन्दा कम कर्णाली प्रदेशबाट विद्यार्थी उत्तीर्ण

काठमाडौँ, साउन १८-
आज सार्वजनिक भएको कक्षा १२ को नतिजामा सबै भन्दा धेरै बागमती प्रदेशका विद्यार्थी उत्तीर्ण भएका छन् । सार्वजनिक नतिजामा सबै भन्दा कम कर्णाली प्रदेशबाट विद्यार्थी उत्तीर्ण हुँदा बागमती प्रदेबाट सबै भन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार बागमती प्रदेशबाट १ लाख १६ हजार २६२ विद्यार्थी सहभागी हुँदा ७८ हजार ११६ विद्यार्थी पास भएका छन् । जसमध्य ६ हजार ७४२ जनाले ३.६१ देखि ४.० जीपीय ल्याएका छन् । यस्तै २५ हजार १४५ ले ३.२१ देखि ३.६०, २९ हजार ५६७ ले २.८१ देखि ३.२०, १५ हजार २२८ ले २.४१ देखि २.८०, १ हजार ४२३ जनाले २.०१ देखि २.४०, एक जनाले १.६१ देखि २.० जीपीय ल्याउन सफल भएका छन् । यस्तै ३८ हजार १४६ विद्यार्थीको ननग्रेडिङ (एनजी) ल्याएका हुन् ।
योसँगै कोशी प्रदेशबाट २८ हजार ३६, मधेश प्रदेशबाट २२ हजार ४५५, गण्डकी प्रदेशबाट १८ हजार ६७१, लुिम्बनी प्रदेशबाट ३१ हजार ९६० , कर्णाली प्रदेशबाट सबै घन्दा कम१० हजार ५६३ र सुदुरपश्चिम प्रदेशबाट १४ हजार ४६ विद्यार्थी पास भएका छन् ।
त्यस्तै देशभरबाट सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन् ।
सबैभन्दा कम १.६१ देखि २.० जीपीए सम्म ल्याउने विद्यार्थी संख्या जम्मा १२ जना रहेका छन् । त्यस्तै २.०१–२.४० सम्म ल्याउने ८,२४०, २.४१–२.८० सम्म ल्याउने ६१,०३६, २.८१ देखि ३.२० सम्म ल्याउने ७८,०७५, ३.२१–३.६० सम्म ल्याउने ४६,८९३ विद्यार्थी रहेका छन् ।
त्यस्तै ३।६१–४।० जीपीए ल्याउने विद्यार्थीको संख्या ९५९१ रहेको छ ।