समाज

सौर्य एयरलाइन्स दुर्घटनाका क्याप्टेन शाक्य डिस्चार्ज

Banner

काठमाडौँ, साउन १८-

गत साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर घाइते भएका पाइलट (क्याप्टेन) मनीषरन्त शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन्।

बिहीबार राति ९ बजेतिर उनलाई डिस्चार्ज गरिएको काठमाडौँ मेडिकल कलेज (केएमसी) की निर्देशक प्रा.डा. मीना थापाले जानकारी दिइन्।

‘उहाँका स्वास्थ्यस्थिति सामान्य बनेको छ। अहिले अस्पतालमा राख्नुपर्ने कुनै कारण नभएपछि हिजो (बिहीबार) डिस्चार्ज गरेका हौँ,’ थापाले भनिन्।

घरमै बसेर उनको उपचार निरन्तर भइराख्ने पनि उनले प्रष्ट पारिन्। अहिले पाइटल शाक्यको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ।

विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो। विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो।

सोही दुर्घटनामा बाँच्न सफल भएका पाइलट शाक्यलाई २३ मिनेटपछि अस्पताल पुर्‍याइएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>