चितवन विशेष

मेघौली–घटघाई नेचर गाईड एसोसिएसनको कार्यलय स्थापना

Banner

चितवन, साउन १८–

मैघौली–घटघाई नेचर गाईड एसोसिएसनले कार्याल्य स्थापना गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २७ बाट अब अफिसियल रुपमा काम हुने भएको छ । कार्यलयलाई आवश्यक ३ लाख बरावरको सामाग्री भरतपुर महानगरपालिकाले सहयोग गरेको हो ।

कार्यालको बिहीबार एक कार्यक्रमका बीच भरतपुर–२७ का वडाअध्यक्ष राम बहादुर भण्डारीले उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले मेघौलीमा आन्तरिक तथा वाह्य पर्यटक भित्राउन एसोसिएसनले महत्त्वपूर्ण भुुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । साथै मेघौलीमा पाईने जङगली जनावर र तिनिहरुको प्रकृतिको बारेमा पनि पर्यटकलाई यस संस्थाका व्यक्तिहरुले बुझाउन सक्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

कार्यक्रम एसोसिएसनका अध्यक्ष मनिष लिम्बूको सभापतित्वमा सम्पन्न भएको हो । उहाँले मैघौली घटघाई नेचर गाईड एसोसिएसन प्रविधिको प्रयोग गर्दै टेक्निकल तरिकाले अगाडि बढ्ने बताउनुभयो । साथै नेचर गाईड सम्बन्धी तालिम ल्याई थप व्यक्तिहरुलाई दिक्षीत बनाउने समेत बताउनुभएको छ । उहाँले कार्यालयमा आवश्यक सामाग्री दिएर सहयोग गरेकोमा भरतपुर महानगरपालिकालाई धन्यवाद दिदै आगामि दिनमा पनि स्थानिय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभएको छ ।

कार्यक्रममा मेघौली उपभोक्ता समितिका अध्यक्ष मायाँ राम महतो, वडा सदस्य अर्जुन भण्डारी, मेघौली रेन्जर पोस्टका प्रमुख रेन्जर रमेश बस्नेत, ईलाका प्रहरी कार्यलय दिव्यनगरका प्रमुख प्रमोद कुमार यादव, राधाकृष्ण सामुदायिक वनका अध्यक्ष वेदनिधि सुवेदी लगाएतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>