अन्तर्राष्ट्रिय

भारतको हिमाचलमा भीषण बाढी पहिरोः ५० जना बेपत्ता

Banner

भारत, साउन १७-

भारतको हिमाचल प्रदेशमा बाढी पहिरोमा परी ५० जना बेपत्ता भएका छन् । वर्षापछि आएको भीषण बाढी पहिरोमा परी ५० जना बेपत्ता भएका हुन् ।

भारतीय मिडियाहरूका अनुसार दुई ठाउँमा बादल फुटेपछि (क्लाउड ब्रस्ट) ठुलो क्षति भएको हो । बादल फुटेपछि आएको बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको छ।

अहिले भारतीय सेना, प्रहरीको टोलीले उद्धार गरिरहेको छ । सडक भत्किएकाले राहत र उद्धारमा पुग्न भने कठिन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>