विज्ञान/प्रविधि
आज राती नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने
०

काठमाडौँ, साउन १७-
नेपाल टेलिकमको सेवा आज राति आंशिक रूपमा प्रभावित हुने भएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार बिहीबार राति ११ बजेदेखि चार घण्टाका लागि टेलिकमको सेवा आंशिक रूपमा बन्द हुने भएको हो ।
उनका अनुसार उक्त समयमा रिचार्ज र डाटा प्याकेज अवरुद्ध हुनेछ । कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा ती सेवा अवरुद्ध गर्नुपर्ने भएको जनाएको छ । तर उक्त समयमा मोबाइल भ्वाइस, डाटा एसएमएस, तथा पीएसटीएन, एफटीटीएच, आइपीटीभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























