समाज

कञ्चनपुरमा घाँस काटिरहेका बेला बाघले आक्रमण गर्दा २३ वर्षीया युवतीको मृत्यु

Banner

काठमाडौँ,साउन १७-

कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाह टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हीरा शाहको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घरनजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो।

शाह विवाहित महिला हुन्। अहिले घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>