अन्तर्राष्ट्रिय

दिल्लीमा भारी वर्षाः भेलसँगै नालीमा खस्दा आमा-छोरीको मृत्यु, विद्यालय बन्द

Banner

भारत, साउन १७-

भारतको राजधानी दिल्ली भेलसँगै नालीमा खस्दा आमा छोरीकै मृत्यु भएको छ । हिजो (बुधबार) राति भारी वर्षाका कारण भेलसँगै नालीमा खस्दा आमा छोरीकै मृत्यु भएको छ।

एएपी विधायक कुलदीप कुमारले सामाजिक सञ्जालमा उक्त घटनाको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज (बुधबार राति) दिल्ली र उत्तर प्रदेशको खोडा कोलोनीको सिमानामा डीडीएले निर्माण गरिरहेको नालामा कुनै किसिमको ब्यारिकेडिङ नहुँदा त्यसमा खसेर एक महिला र उनको साढे दुई वर्षकी छोरीको मृत्यु भएको छ।’

समाचार एजेन्सी एएनआईका अनुसार, दिल्लीको दर्यागन्ज क्षेत्रमा वर्षाका कारण एक निजी विद्यालयको पर्खाल पनि भत्किएको छ। त्यस्तै दिल्लीमा भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै विद्यालयहरू बन्द राख्न आदेश दिइएको छ।

दिल्ली सरकारका मन्त्री आतिशीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दिल्लीमा बुधबार साँझदेखि परेको भारी वर्षा र बिहीबार पनि भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै दिल्लीका सबै सरकारी र निजी विद्यालयहरू १ अगस्टमा (आज) बन्द रहनेछन्।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>