अन्तर्राष्ट्रिय
भारतीय पूर्व क्रिकेटर तथा प्रशिक्षक गायकवाडको निधन
०

काठमाडौं, साउन १७–
भारतीय पूर्व क्रिकेटर तथा पुर्व मुख्य प्रशिक्षक अंशुमान गायकवाडको ७१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ । उनी लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले गायकवाडको निधनमा दुख व्यक्त गरेका छन् । बोर्डले उनको उपचारका लागि १ करोड रुपैयाँ सहयोग गरेको थियो । यसबाहेक १९८३ को विश्वकप विजेता टोलीका सदस्यहरूले पनि गायकवाडलाई सहयोग गरेका थिए ।
उनले गत जुनमा लन्डनको किङ्स कलेज अस्पतालमा ब्लड क्यान्सरको उपचार पनि गराएका थिए । यसपछि उनी भारत फर्किएका थिए ।
गायकवाडले भारतका लागि ४० टेस्ट र १५ ओडीआई खेलेका थिए । उनी सन् २००० आईसीसी च्याम्पियन्स ट्रफीमा उपविजेता बनेको भारतीय टोलीका प्रशिक्षक पनि थिए । गायकवाडले २२ वर्षको करियरमा २०५ प्रथम श्रेणी खेल पनि खेलेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























