समाचार

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउँदा राष्ट्रियता र संस्कृति झल्किने पहिरन लगाउन पाइने

Banner

काठमाडौं, साउन १७–

सरकारले राष्ट्रिय परिचयपत्रमा धार्मिक, साँस्कृतिक र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न बाधा नपर्ने प्रष्टीकरण दिएको छ।

टोपी, सिन्दूरपोते र टिकासमेत हटाएर फोटो खिच्न लगाइएको भन्दै सरकारको आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालै सरोकारवाला निकायलाई चारबुँदे निर्देशन जारी गर्दै यस्तो प्रष्टीकरण दिएको हो। विभागले फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्किने टोपी, धार्मिक, साँस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन सकिने बताएको छ।

विभागले राष्ट्रिय परिचयपत्रको सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र राष्ट्रिय परिचयपत्र एकाइलाई निर्देशन दिएको छ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>