समाचार
अदानचुली गाउँपालिका पूर्वउपाध्यक्ष ऐडीको सुत्केरी हुने क्रममा बेहोस भएपछि हेलिकप्टरबाट उद्धार
०

सिमकोट, साउन १६-
हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–५ बारी गाउँकी पूर्वगाउँपालिका उपाध्यक्ष सौमत रावल (ऐडी)लाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी हुने समय नपुग्दै उहाँले शिशु जन्माउने क्रममा बेहोस हुँदा आज साँझ उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाका सरिता बोहराले बताउनुभयो ।
ऐडीले मङ्गलबार शिशु जन्माएर रातिदेखि रगत धेरै बगिरहेको र साल अड्किएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टर मगाएर उद्धार गरिएको सिनियर अनमी बोहराले बताउनुभयो । मङ्गलबार गाउँमै रहेको बारी गाउँ स्वास्थ्यचौकीमा उपचार गर्दा पनि उपचार सम्भव नभएपछि स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा उद्धार गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























