समाचार
दाउरा खोज्न जाँदा श्रीमतीलाई खोलाले बगायो, श्रीमानको घाइते अवस्थामा उद्धार
०

बर्दिया, साउन १६-
साउन १६ गते दिउँसो बर्दिया जिल्ला, बाँसगढी नगरपालिक–३ माहादेवास्थित मानखोलामा श्रीमान, श्रीमती दाउरा निकाल्ने क्रममा श्रीमतीलाई खोलाले बगाएको छ भने श्रीमानको घाइते अवस्थामा उद्धार गरिएको छ ।
खोलाले बगाएको भन्ने खबर प्राप्त पश्चात् सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश कतर्नियाबाट खटिएको १० जना र नेपाल प्रहरीको संयुक्त टोलीले श्रीमान जागु थारुलाई घाइते अवस्थामा उद्धार गरेको छ भने श्रीमती पार्बती थारुलाई खोलाले बगाई बेपत्ता बनाएकोले खोजी कार्य भइरहेको छ ।
घाइते जागुलाई मेडिकल कलेज कोहलपुर पठाइएको छ । फाइल तस्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























