बाढि पहिरो
प्युठानको बुढादेवी बजारमा बाढी पस्यो
०

प्युठान, साउन १६-
प्युठानको प्युठान नगरपालिका–१० बुढादेवी बजारमा बाढी पसेको छ । भुस्बाङ खोलाको बाढीले बजार र बजार आसपासको बस्ती डुबानमा परेको हो ।
स्थानीयबासीका अनुसार कम्तीमा १२ घर डुबानमा परेका छन् । पुरानो गाविस भवन र एउटा कृषि फार्मसमेत डुबानमा परेको छ ।
स्थानीय पार्वती सुनार, डिल बहादुर सार्की, आत्माराम सुनार, गिता नेपाली, कृष्ण बहादुर केसी लगायतका घरमा बाढीले क्षति पुर्याएको छ ।
बाढीले केही घरहरु भत्किएको र कुखुरासहित पशुचौपाया बाढीमा बगेको स्थानीयले बताएका छन् । यहाँ गत वर्षदेखि बाढी पस्ने गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























