खेलकुद

पदक विजेता सन्तोष भट्टसहितका खेलाडीलाई नेपाली राजदूतावास मलेसियाको सम्मान

०
Banner

मलेसिया, साउन १५–

मलेसियाको क्लाङ्गमा हालै सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपालबाट सहभागी भई विभिन्न पदक जित्न सफल नेपाली खेलाडीहरुलाई यहाँस्थित नेपाली दूतावासले सम्मान गरेको छ । एक कार्यक्रमकाबीच प्रतियोगितामा स्वर्ण, रजत र कास्यपदक जित्न सफल खेलाडी तथा अफिसियलहरुलाई राजदूतावासले बधाई तथा सम्मान गरेको हो।

मलेसियामा जुलाई २१ तारीख भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियन २०२४ मा नेपाली टोलिका खेलाडीहरुले ७ स्वर्ण र ३ रजत गरी जम्मा १० पदक जित्न सफल भएको थियो । नेपाली खेलाडीहरुमा नारायण नहर्की, अब्बास अन्सरी, मनिष पौडेल, सुजल कंडेल, दर्शन बराल, रिशभ शर्मा र प्रयाद ढकालले स्वर्ण पदक जित्न सफल भएका हुन् भने पूर्वीचितवनको खैरहनी–१० का हेम प्रसाद भट्ट (सन्तोष), सुजन रोका र जुनेत खानले रजत पदक जितेका हुन् ।

नेपालबाट मलेसियामा पुगेका १६ जनाको टोलीमा १२ खेलाडी सहित टिम म्यानेजर आशिष घिमिरे, रेफ्री उमर खान र प्रशिक्षक द्वय रोशन खान र कमल भट्टराई प्रशिक्षक रहेका थिए । रोशन खान तेक्वान्दो चितवन जिल्लाको प्रशिक्षक पनि हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>