प्रवास

साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार

Banner

साइप्रस,साउन १३-

साइप्रसको लिमाजोलको आइओस क्षेत्रमा दुई नेपाली युवकमाथि छुरा प्रहार गरिएको छ । उनीहरूमध्ये एकजना ३३ वर्षीय र अर्का २५ वर्षीय युवक भएको जनाइएको छ । उनीहरू आइतबार (आज) बिहान घाइते अवस्थामा फेला परेका हुन् । स्थानीय सिटी सीआईडीले घटनाको अध्ययन गरिरहेको छ ।

घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ । लिमाजोल जनरल अस्पतालको इन्टेन्सिभ केयर युनिटमा उनको उपचार भइरहेको छ । आक्रमणकारीको पहिचान हुन नसकेको र अधिकारीहरूले प्रमाण खोजिरहेका जनाइएको छ । घाइतेमाथि काँधमा छुरा प्रहार गरिएको पाइएको छ । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>