Breaking News

कारबाही अवैधानिक भन्दै मुकुलले दिए निर्वाचन आयोगमा निवेदन

Banner

काठमाडौँ, साउन १३-

मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधाननिक भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । ढकालले पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा आफूलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बित गरेपछि निर्वाचन आयोगमा कारबाही अवैधाननिक भन्दै आज (आइतबार) निवेदन दिएका हुन् ।

पदीय भूमिकाबाट मुक्त गरेको पार्टीले आफूलाई औपचारिक पत्र हालसम्म नदिएको निवदेनमा लेखेका छन् । राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐन अनुसार आफूमाथिको कारबाही अवैधानिक भएको ढकालले दाबी गरेका छन् ।

पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णय लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>