Breaking News
भरतपुरमा नम्बर नखुलेको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
०

चितवन, साउन ११-
भरतपुर महानगरपालिका–८ अशोक चोकमा हाल नम्बर नखुलेको सवारी साधनले बागमती प्रदेश ०६–००३ प ६८३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–७ बस्ने ५० वर्षीय चण्डीप्रसाद अधिकारी रहेका छन् ।
बिहीवार राति करिब १२ बजेको समयमा नम्बर नखुलेको सवारीको ठक्करबाट मोटरसाइकल चालक अधिकारी गम्भिर घाइते भएका थिए ।
उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान २ः०७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























