चितवन विशेष

स्मल हेभन स्कुलको बस जलाएका आरोपित पूर्पक्षका लागि कारागार चलान

०
Banner

चितवन, साउन १०–

स्मल हेभन बोर्डिङ स्कुल भरतपुर–५ कल्याणपुरको बसमा आगजनी गरेको आरोपमा पक्राउ परेका भरतपुर–२५ का महेश चौधरी भन्ने विश्वनाथ चौधरी पूर्पक्षका लागि भरतपुर कारागार चलान भएका छन् ।

चितवन जिल्ला अदालतका न्यायधिश डिल्लीराम शर्मा अर्यालको इजलासले चौधरीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

बुधबार थुनछेक बहसपछि न्यायधिश अर्यालले उक्त आदेश दिएको चितवन जिल्ला अदालतका श्रेष्तेदार विष्णु आचार्यले नारायणी अनलाइनलाई जानकारी दिए । गत वैशाख ३० गते विहान करिव ८ः२५ बजेको समयमा भरतपुर–२० चनौली बजारबाट १ कि.मि.दक्षिणतर्फ दद्रहनी पुलमा बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको स्कुल बसमा अज्ञात समूहले पेट्रोल छर्केर आगो लगाएको थियो ।

पछि अनुसन्धानको क्रममा भरतपुर–२५, स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका विश्वनाथ चौधरीलाई प्रहरीले जेठ ११ गते शोसीबाटै पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले चौधरीविरुद्ध आपराधिक उपद्रव मुद्दा दायर गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>