समाज

पश्चिम नवलपरासीमा सर्पको टोकाइबाट ४ वर्षीय बालकको मृत्यु

Banner

परासी, साउन १०-

पश्चिम नवलपरासीको सुनवलमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । सुनवल नगरपालिका-२ बस्ने ४ वर्षको बालक सामुल नेपालीको मृत्यु भएको हो ।

घरको कोठाभित्र खेलिरहेको अवस्था सर्पले टोकेको प्रहरीले जनाएको छ । उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएपनि उपचारको क्रममा मृत्यु भएको थियो ।

गर्मी बढेपछि जिल्लामा सर्पदंशका बिरामी बढेका छन् । जिल्ला अस्पतालमा दैनिक जसो सर्पले टोकेका बिरामी आउने गर्दछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>