स्वास्थ्य

चार दिनमा १६८ डेंगुका बिरामी थपिए

Banner

काठमाडौँ, साउन १०-

देशभरमा १६८ जना डेंगुको नयाँ बिरामी थपिएको छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन (जुलाई १८ देखि २२)को अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै देशभर १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जुलाई १८ मा १ हजार ६ सय ५७ जना डेंगु बिरामी थिए ।

हालसम्म देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङ गरी चार जिल्लामा डेंगु सङ्क्रमणबाट सुरक्षित रहेको ईडीसीडीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>