खेलकुद

आज स्वदेश फर्किदै नेपाली महिला क्रिकेट टोली

Banner

काठमाडौं, साउन १०-

एसीसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किदै छ । श्रीलङ्कामा जारी महिला एसिया कपको समूह चरणबाटै बाहिरिएपछि नेपाली राष्ट्रिय महिला टोली स्वदेश फर्कन लागेको हो ।

समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपाल भारत र पाकिस्तान जस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेर नयाँ अनुभव बटुल्दै स्वदेश फर्किंदै छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली श्रीलंकन एयरलाइन्समार्फत आज दिउँसो सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ ।

इन्दु बर्माको नेतृत्वमा एसिया कप खेल्न श्रीलङ्का पुगेको नेपाली टिमले समूह चरणको पहिलो खेलमा युएईमाथि ६ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा भारतसँग ८२ रनले स्तब्ध भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>