अर्थ वार्ता
एकैदिन तोलामा एक हजार एक सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?
०

काठमाडौं, साउन ९-
बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ थियो । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
बुधबार सुनसँगै चाँदी पनि महँगिएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०५ रुपैयाँ कायम भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























