क्रिकेट

सीताले दिलाइन् नेपाललाई दोस्रो सफलता, सिफाली ८१ रन बनाएर आउट

Banner

काठमाडौं,साउन ८-

एसीसी एसिया कपमा भारतविरुद्ध नेपालकी सीता रानामगरले नै दोस्रो सफलता दिलाएकी छन् । श्रीलंकाको धमुल्लामा टस हारेर फिल्डिङमा आएको नेपालले १५.३ ओभरमा भारतको दोस्रो विकेट लिएको हो । नेपालकी सीताले भारतकी ओपनर सिफाली वर्मालाई विकेटकिपरबाट स्टम्प गराइन् । सिफालीले भारतको स्कोरबोर्डमा ८१ रन बनाइन् ।

सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाइन् । जारी खेलको १६ ओभर समाप्त हुँदा भारतले दुई विकेट गुमाएर १३५ रन बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>