अन्तर्राष्ट्रिय

बंगलादेशकै विद्यार्थी पनि छिरे भारत, चार दिनमा पश्चिम बंगाल र त्रिपुराबाट २२१ नेपाली विद्यार्थी भित्रिए

Banner

पश्चिम बंगाल, साउन ७-

गएको चार दिनमा बंगलादेशबाट पश्चिम बंगाल र त्रिपुराको बाटो हुँदै कूल १,९१२ जना विद्यार्थी भारत भित्रिएकोमा उनीहरु मध्ये २२१ जना नेपाली भएको भारतीय अधिकारीहरुले बताएका छन् ।

ती मध्ये ७ जना बंगलादेशकै, चार भुटान र २२१ जना नेपालका भएको ती अधिकारीले बताएका छन् ।बाँकी विद्यार्थी भने भारतका भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

बंगलादेश सरकारले कर्फयु आदेश जारी गरेर आइतबार र सोमबार त्यहाँ सार्वजनिक विदा पनि दिएको छ ।

त्यहाँको सर्बोच्च अदालतले आइतबार आरक्षण सम्बन्धी मामिलामा तल्लो अदालतले दिएको आदेश उल्ट्याइसकेकोले अब आरक्षण विरोधी आन्दोलन मत्थर हुने अपेक्षा अन्तर्राष्ट्रिय मिडियाहरुमा गरेको देखिएको छ । (एजेन्सी)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>