Uncategorized

एसिसी महिला एसिया कपः पाकिस्तानविरुद्ध नेपालले पाँचौ विकेट गुमायो

Banner

काठमाडौँ, साउन ६

एसिसी महिला एसिया कप अन्र्तगत पाकिस्तानविरुद्धको खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ ।

पाँचौँ विकेटको रुपमा नेपालले सिता रानामगरलाई गुमाउन पुगेको हो । रानामगर ३० बलमा २६ रन बनाएर आउट भएकी छिन् । उनि रनआउट भएकी हुन् ।  रुविना क्षेत्री ८ रन बनाएर आउट भईन । रुविना ९ दशमलब २ ओभरमा आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा ४० रन बनाएको थियो।

यस अघि पहिलो ओभरमा सम्झना खड्का ४ रनमा तथा चौथो ओभरमा कविता कुवँर र कप्तान इन्दु बर्मा आउट भएका थिए । नेपालकी कप्तान इन्दु बर्मा ० रनमा तथा र कविता कुँवर १३ रन बनाएर आउट भएका हुन ।

ताजास्थीतीमा नेपालले अहिले नेपालले १४ ओभरमा ६५ रन बनाई खेलिरहेको छ । श्रीलंकाको दम्बुलामा भइरहेको खेलमा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको हो।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>