Breaking News

संसदमा प्रधानमन्त्री ओलीलाई दुई तिहाई बढी विश्वासको मत

Banner

काठमाण्डौँ, साउन ६-

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाबाट दुईतिहाईभन्दा बढी सांसदबाट विश्वासको मत प्राप्त गरेको छ।

आइतबार प्रतिनिधिसभामा भएको विश्वासको मत परीक्षणमा ओली नेतृत्वको सरकारलाई १८८ सांसदले विश्वासको मत दिएका छन्। विपक्षमा ७४ मत परेको छ, भने एक सांसद तटस्थ बसेका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा आइतबार २६३ जना सांसद उपस्थित थिए। सरकारलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले विश्वासको मत दिए।

यस्तै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गरे। संविधानको धारा ७६ (२) बमोजिमअसार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए। आइतबार संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>