अन्तर्राष्ट्रिय

चीनमा पुल भत्किँदा ११ जनाको मृत्यु, ३० बेपत्ता

Banner

काठमाडौं, साउन ५-

उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सीसीटीभीले जनाएको छ ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४० बजे वर्षासँगै आएको बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको हो ।

राजमार्गको पुल नदीमा खसेपछि लगभग २० वटा सवारी साधन र ३० जनाभन्दा बढी मानिस बेपत्ता भएको सीसीटीभीले बताएको छ ।

हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११ जनाको शव फेला परेको हो । सार्वजनिक तस्बिरहरूमा पुलको आंशिक भाग नदीमा डुबेको देखिएको छ ।

उत्तरी र मध्य चीनमा मंगलबारदेखिको निरन्तर वर्षा भइरहेको छ । रासस/एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>