अपराध
काठमाडौँको नयाँ बजारबाट १४ लाख बराबरको सम्पत्ति चोरी
०

काठमाडौँ, साउन ४-
काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार स्थित नर्सरी चोकबाट १४ लाख मूल्य बराबरको धनमाल चोरी भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भएर नर्सरी चोकमा बस्ने ३३ वर्षीया सीता लामाको डेरामा चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
चोरीमा संलग्नहरूले ताला फोडेर ७ लाख नगद, सुन र चाँदीका गहना चोरेका हुन् । चोरीमा संलग्नहरूबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























