अन्तर्राष्ट्रिय

चुरोट पिएको आरोप लागेपछि जापान जिम्न्यास्टिक्स टोलीकी कप्तानले गुमाइन् ओलम्पिक

Banner

काठमाडौं, साउन ४-

जापानको महिला जिम्न्यास्टिक्सकी कप्तान शोको मियातामाथि धुम्रपान गरेको आरोप लागेको छ। पेरिस ओलम्पिक २०२४ का लागि जापानको महिला जिम्न्यास्टिक्सकी १९ वर्षीय कप्तान शोको मियाताले आचार संहिताको उल्लघंन गरी धुम्रपान गरेको आरोप लागेसँगै टोलीबाट हटाइएको छ।

जापानको क्योदो न्युजका अनुसार जापान जिम्न्यास्टिक्स संघले यो विषयमा अनुसन्धान गरिरहेको छ।

मियातालाई मोनाकोमा भइरहेको जापानको प्रशिक्षण शिविरबाट घर पठाइएको छ। जसका कारण ग्रीष्मकालीन ओलम्पिक खेलमा उनी सहभागी हुन पाउने छैनन्।

मियाता बुधबारको प्रशिक्षणमा देखिएकी थिइनन्। जुन मिडियाको लागि खुला गरिएको थियो। जापान जिम्न्यास्टिक संघका डेभलपमेन्ट हेड हिकारु तानाकाले केही कारणहरूका लागिु मियाता अनुपस्थित भएको बताएकी थिइन्।

संघ र उनको जुनटेन्डो युनिभर्सिटी टोलीले मियाताको अन्तर्वार्ता लिनेछ र उनी जापान पुगेपछि तथ्यहरू जाँच गर्नेछन्।

उनको अनुपस्थितिले सन् १९६४ पछि पहिलो पटक जिम्न्यास्टिकबाट पदक दाबी गर्ने जापानको योजनामा ठूलो धक्का हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>