खेलकुद

महिला एसिया कपः यूएईविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

Banner

काठमाडौँ, साउन ४-

आज (शुक्रबार) देखि श्रीलंकामा सुरु भएको महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

डम्बुलास्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती यूएईलाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समयअनुसार २ः१५ बजे सुरु हुनेछ ।

जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते) सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभागजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि सोही समूहमा छन् । चौथो टोलीको रुपमा यूएई छ । प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>