अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीलाई मजाक बनाउने पत्रकारलाई जरिबाना

Banner

रोम, साउन ४-

इटालीको एक अदालतले सामाजिक सञ्जालमा त्यहाँका प्रधानमन्त्री जिओर्जिया मेलोनीलाई क्षति पुर्याएको अभियोगमा ५ हजार युरो तिर्न आदेश दिएको छ । उनले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा मजाक बनाएको अभियोग लगाइएको छ ।

पत्रकार जिउलिया कोर्टेजले एक्समा लेखेको अपमानजनक विषयलाई अदालतले थप १ हजार २ सय युरो जरिबाना समेत तोकेको छ । उक्त जरिबाना ‘बडी शेमिङ’ (अरुको शरीरको तौल र आकारबारे गरिने नकारात्मक टिप्पणी)का लागि भएको जनाइएको छ ।

कोर्टिजले प्रधानमन्त्रीलाई ‘लिटिल ओमन, आइ क्यान्ट इभन सी यु’ (सानी महिला, म तिमीलाई देख्न पनि सक्दिन)लेखेकी थिइन् ।

अदालतको फैसलापछि कोर्टिजले इटाली सरकारको अभिव्यक्ति स्वतन्त्रता र पत्रकाररिताजन्य असहमतिमा गम्भीर समस्या रहेको बताएकी छन् ।

पत्रकार र प्रधानमन्त्रीबीच सामाजिक सञ्जाल एक्समा अक्टोबर २०२१ देखि नै विवाद पर्दै आएको थियो । पत्रकार कोर्टेजले प्रधानमन्त्रीको उचाइ १.२ मिटर ९३ फिट (इन्च)भएको बताए पनि इटालियन मिडियामा उनको उचाई १.६३ मिटर ९५ फिट ३ इन्च रहेको बताइँदै आएको छ । बीबीसी रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>