अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको आईटी क्षेत्रमा अचानक अवरोध, उडान रोकियो

Banner

सिड्नी, साउन ४-

अस्ट्रेलियाको सूचना प्रविधि (आईटी) क्षेत्र आम रूपमा अचानक अवरुद्ध भएको छ । यसको चर्को प्रभाव मुख्य बैंक, मिडिया आउटलेट र बिमान कम्पनीहरूमा नराम्रोसँग परेको छ ।

उडानहरू रोकिएका छन् । सुपरमार्केटमा चेकआउटको समस्या परेको छ । कम्प्युटरले काम गरेका छैनन् भने ब्रोडकास्ट नेटवर्कमा समस्या आएको छ ।

आईटीको समस्याका कारण अस्ट्रेलियाबाट अमेरिका आउनुपर्ने उडान पनि ढिलाइ भएको छ । कतिपय रद्ध नै गरिएका छन् ।

आईटी क्षेत्र अवरुद्ध हुनुको कारण स्पष्ट भइसकेको छैन । यद्यपि, धेरैजसो समस्या भोग्नेहरूले माइक्रोसफ्ट पीसी अपरेटिङ सिस्टमको समस्या भएको बताएका छन् । बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>