अन्तर्राष्ट्रिय

ट्रम्प सत्तामा आए सहज नहुने भन्दै युक्रेनी राष्ट्रपति चिन्तित

Banner

यूक्रेन, साउन ४-

यूक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले डोनाल्ड ट्रम्प सत्तामा आए रूससँगको युद्ध सहज नहुनेमा चिन्ता व्यक्त गरेका छन्।

उनले यदि ट्रम्प दोहोर्याएर अमेरिकाको राष्ट्रपति निर्वाचित बन्छन् भने उनीसँग काम गर्न सहज नहुने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

जेलेन्स्कीले निर्वाचन पछि सत्तामा जो आएपनि आफू काम गर्न तयार रहेको बताए।

बीबीसीका अनुसार केही दिन ट्रम्पले ओहायोका सांसद जेडी वेन्सलाई आफ्नो उपराष्ट्रपतिको उम्मेदवार घोषणा गरेका थिएर ३९ वर्षीय वेन्स यूक्रेनविरोधी हुन्। उनी यूक्रेनलाई युद्धका लागि दिइने सहयोगप्रति विरोध जनाउँदै आएका छन्।

उनले युद्धमा यूक्रेनसँग के हुन्छ भन्नेमा अमेरिकालाई कुनै फरक नपर्ने यसअघि नै बताइसकेका छन्।

अमेरिकामा ट्रम्प सत्तामा आउनासाथ यूक्रेनलाई लिएर अमेरिकी नीति फेरिने तय जस्तै छ। जसले गर्दा यूक्रेनलाई रूसविरुद्धको युद्धमा ठूलो नोक्सान हुन सक्ने आशङ्का पनि गरिँदैछ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>