अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीको हाइटको मजाक उडाएपछि पत्रकारलाई ५ हजार युरो जरिवाना

Banner

इटली, साउन ४-

इटलीमा एकजना महिला पत्रकारलाई प्रधानमन्त्रीको उचाइँको मजाक उडाएपछि ५ हजार युरो डलर जरिवाना सजाय तोकिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार इटलीकी प्रधानमन्त्री जियोर्जिया मेलानीको उचाइँलाई लिएर पत्रकार गिउलिया कोर्टेसले सामाजिक सञ्जालमा मजाक उडाएको भन्दै त्यहाँको अदालतले उनलाई ५ हजार युरो जरिवाना तोकेको हो।

त्यसबाहेक कोर्टेसले सन् २०२१ अक्टुबरमा मेलोनीको उचाइँलाई लिएर गरेको मजाकलाई लिएर थप १२ हजार युरोको सस्पेन्डेड फाइन तोकेको छ। उक्त ट्वीटलाई बडि शेमिङ्गको रुपमा परिभाषित गरिएको छ।

अदालतको निर्णय पछि पत्रकार कोर्टेसले असन्तुष्टि जनाउँदै इटली सरकारलाई अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको असहमतिदेखि गम्भीर समस्या रहेको बताएकी छिन्।

३ वर्ष अघि सामाजिक सञ्जालमा पत्रकार कोर्टेससँगको विवाद पछि प्रधानमन्त्री मेलोनीले कानूनी कारबाहीका लागि अदालतमा मुद्दा हालेकी थिइन्।

त्यतिबेला मेलोनीको ब्रदर्स अफ इटली विपक्षमा थियो। उक्त समय पत्रकार कोर्टेसले मेलोनीको तस्बिर फासीवादी नेता बेनिटो मुसोलिनीको तस्बिरसँगै फर्जी तस्बिर बनाएर पोस्ट गरेकी थिइन्। र, लेखेकी थिइन्, ‘मलाई नडराउ जियोर्जिया मेलोनी, तिमी मात्र ४ फिट की छौं। म तिमीलाई हेर्न पनि सक्दिन।’ कोर्टेसको उक्त ट्वीट पछि मेलोनीले अदालतमा मानहानीको रिट हालेकी थिइन्। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>