घटना -दुर्घटना
खोलाले बगाउँदा एक जनाको मृत्यु
०

त्रिवेणी (रुकुमपश्चिम), साउन ३-
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई आज खोलाले बगाउँदा उनको मृत्यु भएको हो ।
काफचौर तर्नेक्रममा खोलाले बगाउँदा पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नविन मरासिनीले जानकारी दिनुभयो । उनको शव ढुङ्गा र माटोले पुरिएको अवस्थामा फेला परेको छ ।
यसअघि सोमबार राति आएको बाढीले सोही वडाको झिनचौरमा तीन बालिकाको मृत्यु भएको थियो । खोलाले बगाउँदा एक जना अझै बेपत्ता छन् । बाढीका कारण सो क्षेत्रमा भौतिक संरचनामा अत्यधिक क्षती पुगेको । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























