कृषि

गोलभेँडाको मूल्य अझै घट्यो, प्रतिकिलो ५० रूपैयाँ

Banner

काठमाडौं, साउन ३-

पछिल्लो समय बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार गोलभेँडाको मूल्य घटेको हो ।

कालीमाटी बजारमा गोलभेँडा ठूलो, सानो लोकल र टनेल गरी तीन प्रकारका आउँछन् । त्यसमध्ये ठूलो गोलभेँडा भारतबाट पनि आउने गरेको छ।

समितिको तथ्यांक अनुसार बिहीबार कालीमाटी बजारमा लोकल गोलभेँडाको होलसेल भाउ प्रतिकिलो १५ रूपैयाँदेखि २० रूपैयाँ छ। त्यस्तै, सानो टनेल गोलभेँडा २५ देखि ३५ रूपैयाँ छ भने ठूलो गोलभेँडा एकसय देखि एक सय २० रूपैयाँमा तोकिएको छ।

असार ३१ गतेको तथ्यांक हेर्ने हो भने ठूलो गोलभेँडा एक सयदेखि एक सय १०, लोकल गोलभेँडा ४० देखि ४५ र टनेल गोलभेँडा ४५ देखि ५५ रूपैयाँमा होलसेल कारोबार भएको थियो।

अहिले गोलभेँडा बजारमा धेरै आएकोले सस्तिएको कालीमाटी बजारका खुद्रा व्यापारी कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

काठमाडौंमा भक्तपुर, धादिङ, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र भारतबाट गोलभेँडा आउने गरेको छ।

काठमाडौंबाट हेटौंडा, नारायणघाट लगायतका बाहिरी जिल्लामा पनि जाने गरेको छ। तर, अहिले निरन्तर झरीले बाटो बिग्रिएका कारण बाहिर पठाउन नसक्दा यहाँ गोलभेँडाको भाउ सस्तिएको उनी बताउँछन्।

बाहिर जान थालेपछि फेरि गोलभेँडाको भाउ महँगिने उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>