चितवन विशेष

बेपत्ता यात्रुको खोजीमा निरन्तर नेपाली सेना खटिदै, घटनास्थलमा स्नेक क्यामेराबाट गर्‍यो खोजी

Banner

चितवन, साउन २–

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ सिमलताल स्थित त्रिशुली नदीमा खसेको बस र त्यसमा सवार यात्रुहरुको अहिले निरन्तर खोजी कार्य जारी छ ।

नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्यलाई तिव्रता दिएका छन् । नेपाली सेनाले बुधबार घटनास्थल सिमलतालमा अन्डर वाटर क्यामेराको प्रयोग गरेको खोजी गरेको छ । बुधबार मात्रै नेपाली सेनाका १३९ जना सुरक्षाकर्मी खटिएका थिए । घटनास्थल सिमलतालमा एउटा रबर बोट र स्नेक क्यामेरा प्रयोग गरी खोजी गरिएको छ । यस्तै नारायणी नदीको शिवघाट क्षेत्रमा एउटा रबर बोट मार्फत खोजी गरिएको छ भने गोलाघाटदेखि अमलटारी त्रिवेणी क्षेत्रसम्ममा ३ वटा रबर बोट प्रयोग गरी खोजी गरिएको छ । अमलटारीमा मात्रै दुई वटा मोटरबोटबाट खोजी गरिएको नेपाली सेनाका मेजर प्रेम गिरीले जानकारी दिए । यस दुर्घटनामा परेर बसमा सवार यात्रु मध्ये हाल सम्म १८ जनाको शव फेला परेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बुधबार साँझसम्ममा १६ पुरुष र २ महिलासहित १८ जनाको शव फेला परेको हो । सो मध्ये १४ जनाको शव सनाखत भइसकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । आज एउटा मात्र नवलपरासीको विनयी त्रिवेणी–७ व्यारेज पुलमा पुरुषको शव फेला परेको छ । यात्रुहरुको खोजी कार्य आज पनि घटनास्थल सिमलताल, त्रिशुली नदी, नारायणी नदीमा जारी रह्यो । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी गरी ५ सय जना सुरक्षाकर्मीले निरन्तर सोनार क्यामेरा, ¥याफटिङ बोट, मोटर बोट, गोताखोर र पैदलमार्फत खोजी कार्य गरेका छन् ।

शुक्रबार विहान ३ः३० बजेको समयमा खसेको पहिरोले विरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बसलाई पहिरोले बगाएर त्रिशुली नदीमा खसेको थियो । ती दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>