नवलपरासी

नवलपरासीमा कुकुर मारेको निहुँमा बाबु छोराबीच झगडा, ढुंगाले लाग्दा बाबुको मृत्यु

Banner

नवलपरासी, साउन २-

नवलपरासी पूर्वमा बाबुको हत्या गरेको आरोपमा छोरा प्रकाउ परेका छन् । ढुंगा प्रहार गरी बाबुको हत्या गरेको आरोपमा प्रहरीले १८ वर्षीय छोरा निराजन कुमाललाई प्रकाउ गरेको हो ।

कावासोती नगरपालिका-५ ठकुरीचोकमा आज (बुधबार) बिहान सवा ११ बजे बुबा(छोराबीच झगडा हुँदा छोरा निराजनले ढुंगा प्रहार गरेका थिए । निराजनले ढुंगा प्रहार गर्दा बुवा ४३ वर्षीय प्रेम कुमालको मृत्य भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलका अनुसार घरमा पालेको कुकुरलाई पिटेको विषयमा प्रेम र छोरा निराजन बीच झगडा भएको थियो। प्रेमको कुटाईबाट घरमा पालेको कुकुरको मृत्यु भएको थियो।

घटनाबारे खबर पाएपछि प्रहरी निरीक्षक बिक्रम रिजालको कमाण्डमा सात जनाको टोली खटिएको छ। उक्त टोलीले छोरा निराजनलाई पक्राउ गरेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>