अन्तर्राष्ट्रिय
होटलमा ६ जना मृत फेला, एक फरार, विष सेवन गराएको आशंका
०

काठमाडौं, साउन २-
थाइल्याण्डको एक होटल कोठा भित्र ६ जना मृत भेटिएका छन्। थाइल्याण्डको बैंककस्थित पाँचतारे ग्राण्ड ह्यात होटलको पाँचौं तलाको एउटै कोठामा हिजो (मंगलबार) ६ जना मृत भेटिएका हुन्।
बैंककको मेट्रोपोलिटन पुलिस कमिश्नर थिति सेङस्वाङका अनुसार मृत भेटिएकालाई विष सेवन गराएको हुनसक्ने आशंका गरिएको छ । उनीहरूसँगै होटलमा बसेका एक जना फरार छन्। मृतकहरूमा चारजना भियतनामका र दुई जना भियतनामी अमेरिकी रहेको त्यहाँको प्रहरीले जनाएको छ।
चौबिस घन्टासम्म उक्त कोठामा बसेकाहरूले काउन्टरमा सम्पर्क नगरेपछि र निर्धारित समयमा चेक आउट नगरेपछि होटलका कर्मचारी उनीहरूको स्थिति बुझ्न गएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























