समाचार
मुगु केन्द्रविन्दू भएर भूकम्प
०

काठमाडौँ, साउन २-
मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर आज विहान ४ बजेर ४० मीनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ । नेपाल हिमाल क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























