चितवन विशेष

गैँडाकोटस्थित नारायणी नदीमा भेटियो एक पुरुषको शव

Banner

भरतपुर,साउन १-

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१० स्थित नारायणी नदीमा एक पुरुषको शव फेला परेको छ। मंगलबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट खटिएको टोलीले उक्त शव फेला पारेको हो।

शवको पहिचान भने खुलेको छैन। नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशुलीमा खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा उक्त शव भेटिएको हो। शव दुईवटा बसमध्ये एउटा बसका यात्रुको हुनसक्ने प्रारम्भिक आशंका छ।

गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३९००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको वाग्मति प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो।

बेपत्तामध्ये यसअघि १५ जनाको शव विभिन्न क्षेत्रमा फेला परेको थियो। घटनाको विषयमा अध्ययन गर्न गृहमन्त्रालयले सोमबार गठन गरेको कार्यदलले बुधबार स्थलगत रुपमा अध्ययन गर्ने तयारी गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>